नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन लमहीबाट लुम्बिनीतर्फ गुडेको बा १६ च ४१७७ नं को स्कर्पियो जिप वैशाख ३० गते बिहान करिब ५ बजेको समयमा कपिलवस्तुको शिवराज नपास्थित धानखोलामा अज्ञात समूहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन ।
मुखमा कालो पट्टी बाँधेर आएका ४/५ जनाको समूहले गाडी रोकी यात्रुलाई बाहिर निस्कन लगाएर गाडी तोडफोड गरेका थिए । तोडफोड गर्ने व्यक्ति नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुनसक्ने डिएसपी कार्कीले अनुमान गरेका छन् । तोडफोडका कारण गाडीका सिसा फुटेर क्षति पुगेको छ ।