INSEC Online

📅 २०८३ जेष्ठ २१

आफन्तजनको कुटपिटबाट एक महिलाको मृत्यु

टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५८ वर्षीया विद्याकुमारी राईलाई सोही ठेगानाका ५४ वर्षीय नन्दे भाइ प्रमेश राईले कुटपिट गरी वैशाख २४ गते हत्या गरेका छन् ।

सामान्य घरायसी विवादका कारण विद्याकुमारीलाई प्रमेशले निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपीटबाट विद्याकुमारीको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रमेशको निर्घात कुटपिटबाट घाइते भएकी विद्याकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको थियो ।

कुटपिटबाट मृत्य भएपछि पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका छन् । उजुरीपछि आरोपित फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दीपेन्द्रकुमार थारु पञ्जियारले जानकारी दिए ।

अन्य

भिडियो