INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मटिहानी नगरपालिका-२ बरदहाका ३२ वर्षीय शिवशङ्कर दासलाई आफ्नो पत्नीको हत्या गरेको आरोपमा प्रहरीले वैशाख १५ गते गिरफ्तार गरिएको छ ।

एसपी कुवेर कडायतले दिएको जानकारी अनुसार ०७४ चैत १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशङ्करकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते भेटिएको थियो ।

घरदेखि १ किमी उत्तर मटिहानी नगरपालिका-४ स्थित धिरापुर सडक छेउमा जुट र प्लाष्टिकको बोरामा सेतो कपडाले बेरिएको अवस्थामा चैत २१ गते बिहान उनको शव फेला परेको थियो ।

शवको प्रकृति हेर्दा निर्मम तरिकाले कुटपिट गरी घाँटी थिचेर हत्या गरेर फालिएको पुनमको शव बोरामा पोको पारेर फालिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

पुनमको हत्यापछि शिवशङ्कर फरार रहँदै आएका थिए । प्रहरीले महोत्तरीको धिरापुरमा लुकेर बसको अवस्थामा उनलाई गिरफ्तार गरेको हो ।

अन्य

भिडियो