बुढीनन्दा नगरपालिका-८ की २० वर्षीया नविना कठायतले आफू हुँदाहुँदै २२ वर्षीय पति प्रेम कठायतले अर्को विवाह गरेको आरोपमा इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा वैशाख १४ गते उजुरी दिएकी छन् ।
आरोपितले ०७४ पुस महिनामा बडिमालिका नगरपालिका-१ की नन्दा महतसँग अर्को विवाह गरेको र आफूलाई खान लाउनसमेत नदिएको आरोपमा यो भन्दा पहिला पनि जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएकामा जिल्ला प्रहरी कार्यलयमा छलफल गरी अर्को विवाह गरेकी नन्दालाई छाड्ने भन्दै मिलापत्र भएको थियो ।
तर, मिलापत्र भए अनुसार पतिले नन्दालाई नछाडेको आरोपमा प्रहरीमा पुनः उजुरी दिएको पीडितले बताइन् ।
पीडित आरोपितबिच ०७२ माघमा प्रेम विवाह गरेको र हाल दुई वर्षको छोरा रहेको पीडितले बताएकी छन् ।
उजुरी दर्तापछि आरोपितको खोजी सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविन्द्रसिं बोहोराले बताए ।