जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, झिलझिलेको हिरासतबाट फरार भएका एक जना थुनुवाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
कचनकवल गाउँपालिका–६ घर भई काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङ बस्दै आएका १८ वर्षीय अशोक रिमालले कात्तिक ३० गते प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
अनुसन्धान जारी रहेका बेला जेनजी आन्दोलनको मौका छोपेर ०८२ भदौ २४ गते फरार भएका रिमाल ०८२ कात्तिक ३० गते आफैं जिल्ला प्रहरी कार्यालयमा आएको डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।
सवारी दुर्घटना घटनामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, झिलझिलेको हिरासतमा रहेको अवस्थामा रिमाल फरार भएका थिए।