INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार थुनुवा गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, बिर्तामोडको हिरासतबाट फरार भएका विर्तामोड नगरपालिका-६ का २८ वर्षीय अनुमेश गिरीलाई प्रहरीले कात्तिक २४ गते गिरफ्तार गरेको छ।

लागू औषध मुद्दामा ०८२ साउन १७ गते गिरफ्तार भई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, बिर्तामोडमा राखिएका गिरी ०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।

गिरीलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ।

 

 

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो