INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतबाट भागेका पाँच जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बनेपामा तोडफोड तथा आगजनी हुँदा हिरासतबाट भागेका १२ जना मध्ये पाँच जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ०८२ असोज २७ देखि कात्तिक २३ गते सम्म गिरफ्तार गरेको छ ।

गिरफ्तार भएका मध्ये अभद्र व्यवहार मुद्दाका काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका–४ स्थायी ठेगाना भएका २८ वर्षीय सरोज पोडे देउलालाई असोज २९ गते गिरफ्तार गरिएको छ ।

त्यस्तै अभद्र व्यवहार मुद्दाका काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका–९ स्थायी ठेगाना भएका ३३ वर्षीय पदमबहादुर तिमल्सिनालाई कात्तिक १८ गते गिरफ्तार गरिएको छे ।
साथै अभद्र व्यवहार मुद्दाका आरोपित काभ्रेपलाञ्चोक जिल्ला, रोशी गाउँपालिका–७ स्थायी ठेगाना भएका ४६ वर्षीय डोलबहादुर लुङ्गेली मगरलाई कात्तिक २१ गते गिरफ्तार गरिएको छ ।

जबरजस्ती करणी मुद्दाका खोटाङ जिल्ला जन्तेढुंगा गाउँपालिका–६ स्थायी ठेगाना भएका २३ वर्षिय सम्बर मगरलाई कात्तिक २२ गते गिरफ्तार गरिएको छ ।

सवारी अंगभंग मुद्दाका काभ्रेपलाञ्चोक जिल्ला, रोशी गाउँपालिका–१ स्थायी ठेगाना भएका २३ वर्षीय खड्कबहादुर सुनारलाई कात्तिक २३ गते गिरफ्तार गरिएको छ ।

प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट गिरफ्तार गरी बाँकी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनु भयो ।

सुमित्रा आचार्य

अन्य

भिडियो