रामधुनी नगरपालिका –५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।
झुम्का कारागार प्रशासनका अनुसार ०८२ कात्तिक २३ गते कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए।
अचेत अवस्थामा फेला परेका सरदारलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल, इनरूवा लगिएकोमा उपचारका क्रममा सरदारको मृत्यु भएको जेलर सुवास लामिछाने बताउनु भयो।
सरदार सुनसरी जिल्ला अदालतको ०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेका थिए।
पीडित परिवारले कात्तिक २३ गते शव बुझी लगेको कारागार प्रशासनले जनाएको छ।