जिल्ला कारागार मोरङका थुनुवाको उपचारका क्रममा ०८२ असोज २५ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङको आदेशअनुसार ०८१ पुस २९ गते पुर्पक्षका लागि कारागारमा रहेका उर्लाबारी नगरपालिका–६ का ५० वर्षीय काजीमान सार्कीको उपचारका क्रममा असोज २५ गते कोशी अस्पतालमा मृत्यु भएको जेलर गौरव ढुंगेलले बताउनु भयो ।
न्यून रक्तचाप र बान्ताको समस्या देखिएपछि सार्कीलाई असोज २५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । तर, अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएपछि चिकित्सकले मृत घोषणा गरेको जेलर ढुंगेलले बताउनु भयो ।
पीडित पक्षले असोज २५ गते शव बुझी सोही दिन उर्लाबारी नगरपालिका–२ स्थित बक्राहा घाटमा सद्गत गरेको छ ।
काेशी प्रदेश कार्यालय