भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजीहरूले ०८२ भदौ २३ र २४ गते चलाएको आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबासका ३५ वर्षीय कैदी गम्भीरबहादुर दनुवार असोज २१ गते मृत अवस्थामा फेला परेका छन् ।
झुम्का कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका दनुवार ०८२ असोज २१ गते घर नजिककैको सिसौको रूखमा झुण्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारमान दोङले बताउनु भयो ।
जिल्ला अदालत, सुनसरीले ०७७ चैत १३ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएपछि झुम्का कारागारमा कैद भुक्तान गरीरहेका दनुवार भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबासस्थित घर पुगेका थिए ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज २१ गते गरिएको छ । सोही दिन पीडित पक्षले शव बुझी सद्गत गरेका छन् ।
घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश कार्यालय