INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितहरुलाई जन्मकैदको फैसला

कल्याणपुर नपा–८ की २२ वर्षीया कंचनदेवी मंडललाई आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४० वर्षीया सासु सुर्जी मंडल र धनुषाको सबैला नपा–१३ की २३ वर्षीया नन्द सुनिता मंडललाई पुस ५ गते जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्याधीश मनोज केसीको एकल इजलाशले सो फैसला गरेको हो । अर्का आरोपित उनका पति २४ वर्षीय बेचन मंडल फरार रहेकोले उनको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको हो ।

आरा्ेपितहरुले दाइजो कम ल्याएको कारणले बिवाद गरी योजना बनाइ ०७६ बैशाख १२ गते शरिरमा मटितेल छर्केर आगो लगाई हत्या प्रयास गरेका थिए । घरायसी बिवादमा आरोपितले आगो लगाई हत्या प्रयास गरीएकी कंचनको प्राथमिक उपचार मिर्चैया स्थित मङ्गलम अस्पतालमा भए पनि थप उपचारको लागि तत्कालै धरान स्थित विपि प्रतिष्ठान लगिएको र त्याहा पनि उपचार समभव नभए पछि थप उपचारकाको लागि काठमाण्डौको शुष्मा मेमोरियल अस्पतालमा लगिएको र उपचारको क्रममा बैशाख १३ गते उनको मृत्यूू भएको थियो ।

शवको पोष्टमार्टम काठमण्डौ स्थित टिचिङ्ग अस्पतालमा बैशाख १४ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले सुर्जी मंडललाई बैशाख १२ गते घरबाटै र सुनितालाई बैशाख २३ गते धनुषाको सबैला नपा–१३ घरबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपितहरु जेठ २ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए भने बेचन अझै पनि फरार रहेका छन् ।

 

अन्य

भिडियो