INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मोदी गाउँपालिका–६ की ५२ वर्षीया सीता विकको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले ५१ वर्षीय पति जितबहादुर विकलाई गिरफ्तार गरेको छ ।

आरोपितले पत्नीलाई २०८२ कात्तिक २४ गते बेलुका कुटपिट गरी बेहोस बनाएपछि प्रहरीले उद्धार गरी प्रदेश अस्पताल पर्वतमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर सुदिप भण्डारीका अनुसार जीतबहादुर वैवाहिक बलात्कार अभियोगमा कैद भुक्तान गरी कात्तिक २४ गते धरौटीमा रिहा भएका थिए ।

पत्नीले नै तोकिएको धरौटी रकम तिरेर उनलाई छुटाएकी थिइन् । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो