सुनवल नगरपालिका–१३ घ्युडल्लाकी ५५ वर्षीया भीमकला थापाको ०८२ कात्तिक १८ गते हत्या गरेको आरोपमा ६२ वर्षीय पति खड्कबहादुर थापालाई जिल्ला प्रहरी कार्यालयले सोही दिन गिरफ्तार गरेको छ ।
आरोपितले पत्नीलाई घरको ढोकाबाट बाहिर निस्कने क्रममा खुर्पा (हँसिया) प्रहार गरी घाइते बनाएकोमा उपचारका लागि बुटवल पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो । आरोपीलाई गिरफ्तार पछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित विरुद्ध पीडित पक्षले कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
शवको पोस्टमार्टम कात्तिक १९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको डि.एस.पि. विरदत्त पन्तले बताउनुभयो ।