हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा सन्देश राईलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।
अंश सम्बन्धी विवादका क्रममा आरोपितले कात्तिक १७ गते चिर्पट प्रहार गरी बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिशकुमार कर्णले बताउनु भयो ।
मादक पदार्थ सेवन गरेका आरोपितले चिर्पटले शरीरका विभिन्न भागमा प्रहार गर्दा बाबुको मृत्यु भएको डिएसपी कर्णले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा गरिने तयारी गरिएको छ ।
कोशी प्रदेश कार्यालय