INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४९ वर्षीय सविना तामाङको ०८२ असोज २१ गते साँझ हत्या गरेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङलाई असोज २१ गते नै गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनु भयो । सविनाको घटनास्थलमा नै मृत्यु भएको थियो । आरोपितले आवेशमा आएर पत्नीको हत्या गरेको स्वीकार गरेका छन् ।

रासस

अन्य

भिडियो