INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

बटेश्वर गाउँपालिका –१ चित्रपुरकी २३ वर्षीया अंशु कुमारी महतोको २०८२ असोज १३ गते हत्या गरेको अरोपमा माइती पक्षले असोज १५ गते पति ३० वर्षीय शिवकुमार महतो र ससुरा ६४ वर्षीय रामदलार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

माइती पक्षले छोरीको शंकास्पद मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको एसपी नरहरी रेग्मीले जानकारी दिनु भयो । अंशु कुमारी सात महिनाकी गर्भवती थिइन् ।

सामाजिक परम्परागत अनुसार दुई वर्ष अघि विवाह भएको अंशुलाई घर परिवारले पटक पटक यातना दिने गरेको दिदीले गुनासो गर्ने गरेको मृतककी बहिनी आकृती कुमारी महतोले बताइन् । शवको पोस्टम्यार्टम असोज १५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो