INSEC Online

📅 २०८३ जेष्ठ २१

साइबर अपराध घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरी साइवर अपराध गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्लासन्धीखर्क नगरपालिका–२ का ३४ वर्षीय खेमराज सापकोटालाई चैत ७ गते सन्धीखर्कबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई फागुन १९ गते सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी सामग्रीहरु पोष्ट गरेको भन्दै पीडित पक्षले चैत ८ गते विद्युतीय अपराध सम्बन्धी कसुरमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी निसान्त श्रीवास्तवले बताउनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

रीमा बि.सी.

अन्य

भिडियो