INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन घटनाका दुई जना आरोपित गिरफ्तार 

१६  वर्षीया बालिकालाई विराटनगर महानगरपालिका-११ रोडशेषमा रहेको भिन्तुना गीजगजलमा बन्धक बनाई यौनजन्य कार्यमा लगाएको आरोपमा प्रहरीले पुस २१ गते दुई जनालाई गिरफ्तार गरेको छ।

बालिकालाई ०८२ साउनदेखि यता यौनजन्य कार्यमा लगाएको आरोपमा पीडित बालिकाले आरोपितविरुद्ध ०८२ पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि दुई जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडांलले बताउनु भयो।

गिरफ्तारीमा पर्नेमा भिन्तुना गीजगजलका सन्चालक विराटनगर महानगरपालिका-१२ का ३३ वर्षीय पर्शुराम कामत र सहयोगी विराटनगर महानगरपालिका-८ का २६ वर्षीय मनिष ठाकुर छन्।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा पुस २१ गते गरिएको छ।

आरोपितविरुद्ध प्रहरीले मानव बेचविखन र शरीर बन्धक मुद्दामा अनुसन्धान थालेको छ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो