INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना गिरफ्तार

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु कात्तिक १६ गते दिउँसो सुधारगृहको ढोका फोडेर भागेका हुन् । भागेकाहरुमध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः गिरफ्तार गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । कात्तिक १६ गते साँझसम्म बाँकी रहेकाहरूलाई गिरफ्तार गर्नेगरी खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ ।

रासस

अन्य

भिडियो