INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

बहुविवाह गरेको आरोपमा फाकफोक-३ का ५५ वर्षीय यामप्रसाद राई र सोही ठाउँकी ३६ वर्षीया रमिला खवासविरुद्ध प्रहरीले जिल्ला अदालतमा फागुन ८ गते बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

यामप्रसादकी जेठी पत्नी ४६ वर्षीया कमला राईले फागुन ६ गते आरोपितद्वयले विवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितद्वयलाई प्रहरीले फागुन ७ गते गिरफ्तार गरेर अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका अध्यक्ष डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

अन्य

भिडियो