INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४४ वर्षीय झम्कानाथ भट्टराइलाई १८ वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ११ गतेको इजालसले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति र २२ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतको सूचना अधिकृत अमृता केसीले बताउनु भयो ।

पीडितलाई ०७६ असार २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १६ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजरी दिएको थियो । घटनाका आरोपित फरार रहेको छ भने पीडितको स्वास्थ्य परिक्षण साउन १६ गते बर्दिया जिल्ला अस्पताल गुलरियामा गरिएको थियो ।

अन्य

भिडियो