१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जेठ १४ गते महाराजगञ्ज नपा– २ उनवलियाका ३५ वर्षीय गोरखनाथ लोहार विरूद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् ।
पीडितलाई जेठ १३ गते आरोपितले बलात्कारको प्रयास गरेको पीडित परिवारले जनाएको छ । पिडीत परिवारको उजुरीको आधारमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले बतउनु भयो । खरेलले आरोपित फरार रहेकोले खोजी कार्य भइहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते शिवराज अस्पताल बहादुरगञ्जमा गरिएको प्रहरीले जनायो ।