INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बझाङ जिल्ला घर भएका ३३ वर्षीय धनबहादुर बोहरालाई चैत १७ गते गिरफ्तार गरेको छ ।

एक वर्षदेखि भारतमा बस्दै आएकी ती बालिकालाई बिहे गर्ने प्रलोभनमा पारी आरोपितले भारतको पिथौरागढमा लगेर बलात्कार गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि बोहरालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

पीडित बालिकालाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ परीक्षण चैत १७ गते जिल्ला अस्पताल सल्लेमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो