INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ असोज १६ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २१ वर्षीय कुशल धुनियाँविरुद्ध पीडित पक्षले कात्तिक १५ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका छन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १५ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो