१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका-५ धोबियाका २२ वर्षीय उमेश थारूलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बाँनियाभारमा कात्तिक ७ गते उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीको आधार आरोपितको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डिएसपी एवम् सूचना अधिकारी देवेन्द्रकुमार मल्लले बताउनु भयो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ७ गते बर्दिया जिल्ला अस्पताल, गुलरियामा गरिएको छ ।
प्रकाश पौडेल