१४ वर्षीया सुस्तमनिस्थिती भएकी अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–५ का ४१ वर्षीय मोहमद इशालाई ०८२ असोज १७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असोज ३ गते बलात्कार गरेको आरोपमा संघ संस्थाको सहयोगमा इलाका प्रहरी कार्यालय लहानमा असोज ६ गते उजुरी दिएको डिएसपी कैलाश राईले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते प्रादेशिक अस्पताल लहानमा गरिएको छ ।
दुर्गा परियार