२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–२ का ६२ वर्षीय प्रदीप मित्तललाई ०८२ चैत १६ गते गिरफ्तार गरेको छ ।
युवतीलाई चैत ३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोहीदिन इलाका प्रहरी कार्यालय, धुलावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपित चैत १६ गते आँफै इलाका प्रहरी कार्यालयमा आएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा चैत ३ गते गरिएको थियो ।