३३ वर्षीया महिलालाई ०८२ मङ्सिर ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले निलकण्ठ नगरपालिका–८ का ४० वर्षीय रामशरण भन्ने केशव थपलिया र ६५ वर्षीय गुणबहादुर थपलियालाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
आरोपितहरु विरुद्ध पीडित पक्षले मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितहरुलाई मङ्सिर ९ गते जिल्ला अदालत पेश गरेकोमा सात दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ ।
आरोपित केशवले बलात्कार प्रयास गरेको र गुणबहादुरले महिलालाई कुटपिट समेत गरेको पीडित पक्षले बताएका छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा गरिएको छ ।