INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ असोज १९ गते बलात्कार प्रयास गरेको आरोपमा सुद्धोधन गाउँपालिका–१ सोहतका २२ वर्षीय सन्दिप कुर्मीविरुद्ध पीडित पक्षले ०८२ कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ७ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो