INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले बर्दियामा ६ सय घर डुबानमा

बर्दियाको ठाकुरबाबा नगरपालिका ०८२ भदौ २६ गते साँझ गिठेनाला र ओहरीबाट आएको बाढीले ठाकुरबाबा नगरपालिका ६, ७ र ८ का ६ सय घर डुबानमा परेको छ ।

बाढीले कर्मला कालीगौडी, सुन्दरपुर, मुक्तिपुर, जाउला खोखरपुर, गोब्रेला, तल्लो बनखेत, माथिल्लो बनखेत, चिटकैया लगायतका आसपासको बस्ती जलमग्न भएको छ । बाढीमा परेमा स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय र जनप्रतिनिधीको सहयोगबाट उद्दारको काम भइरहेको छ ।

Photo 2025-09-13 Bardiya-01

Photo 2025-09-13 Bardiya-02

बाढीमा परेकालाई उद्धार गरिएको नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयो । उहाँले भन्नुभयो, बाढीमा परेर अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन् । बाढी प्रभावित क्षेत्रमा स्थानीयहरु बाढी आएपछि कोही घरको छतमा कोही छिमेकीको घरमा बस्न गएका थिए । आज दिनभरमा बाढीमा परेका एक ठाउँमा बन्दोबस्द मिलाउन खोजिएको छ ।

नगर प्रमुख तिलकराम लम्सालले नगर स्तरीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर विभिन्न निकायसँग समन्वय गरी तत्काल राहत तथा पुर्नस्थापनाका कामलाई अगाडी बढाउने निर्णय भएको बताउनु भयो ।

अन्य

भिडियो