नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता दाङ जिल्ला राप्ती गाउँपालिका–१ का ३२ वर्षीया सुरज परियार र कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–८ का ३२ वर्षीय विष्णुबहादुर रावतलाई सर्वोच्च अदालतको आदेश पछि प्रहरीले फागुन २२ गते रिहा गरेको छ ।
आरोपितद्वयका तर्फबाट अधिवक्ता दिपेन्द्र पुन मगरले फागुन १५ गते बिना कारण गिरफ्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थिए । अदालतको आदेश पछि रिहा गरिएको सई छोटेलाल गुप्ताले बताउनु भयो ।
आरोपितद्वयलाई प्रहरीले फागुन १० गते भूमिकास्थान नपाबाट गिरफ्तार गरेको थियो । उनीहरूको स्वास्थ्य परीक्षण फागुन १० गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।