१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १३ गते कपिलवस्तु नपा–४ बिठुवाका २४ वर्षीय मनोजकुमार लोनियालाई १२ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश कपिलमणी गौतमको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद र ५० हजार रूपियाँ क्षतिपुर्तीको फैसला गरेको श्रेस्तेदार चिन्तामणी शर्माले बताउनु भयो ।
आरोपितले ०७६ असार १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २० गते जिल्ला प्रहरी कार्यालय, तौलिहवामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असार २० गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार २० गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको थियो ।