बर्दघाट नगरपालिका– १ पुनर्बासमा रहेको ग्रामीण आवास कम्पनी लिमिटेडमा कार्यरत कर्मचारी ४२ वर्षीय महेन्द्र थापालाई ०८२ मङ्सिर २६ गते आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को कार्यकर्ता बताउने १० जनाको समूहमा आएका व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेका छन् । उनीहरुले बिना अनुमति कार्यकक्षमा प्रवेश गरी मोसो दलेको पीडित थापाले बताउनु भयो ।
पीडितले घटना बारेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको भएपनि हालसम्म कोही पनि गिरफ्तारीमा नपरेको र आरोपितहरुको खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपि विरदत्त पन्तले जानकारी दिनुभयो ।