INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा महिलाको मृत्यु भएपछि गोदावरी मोडर्न टिचिङ अस्पतालमा तोडफोड

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित गोदावरी मोडर्न टिचिङ अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि मृतकका परिवारजनले ०८२ माघ १५ गते बिहान अस्पताल परिसरमा तोडफोड गरेका छन्।

गणेशमान चारनाथ नगरपालिका–१ की ४० वर्षीया निर्मला देवी यादवलाई माघ १४ गते अस्पतालमा भर्ना गरिएको थियो। पाठेघरको समस्याका कारण शल्यक्रिया गर्नका लागि एनस्थेसियाको इन्जेक्सन लगाइएको केही मिनेटमै उनको मृत्यु भएको परिवारजनले बताए ।

चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै परिवारजनले चर्को विरोध गर्दै अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको अस्पतालका म्यानेजर सुशील शाहले जानकारी दिए । स्थिति नियन्त्रणमा लिनका लागी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले बताए ।

सोहि दिन अस्पताल प्रशासन र मृतकका परिवारजनबीच पोस्टमार्टम प्रतिवेदनको आधारमा कानुनी प्रक्रियामा जाने सहमति भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । शवको पोस्टमार्टम माघ १६ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

 सन्तोष कुमार यादव

अन्य

भिडियो