INSEC Online

📅 २०८३ जेष्ठ २१

झाडापखालाको प्रकोपबाट एकै टोलका ५९ जना सङ्क्रमित

छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर टोलमा झाडापखालाको प्रकोप फैलिएका कारण स्वास्थ्य सर्तकता अपनाउन छिन्नमस्ता गाउँपालिकाले अपिल गरेको छ । गाउँपालिका कार्यपालिकाको कार्यालयद्धारा ०८२ कात्तिक २० गते जारी भएको सूचना अनुसार हालसम्म ५९ जनामा झाडापखालाको सङ्क्रमण फैलिएको जनाएको छ ।

तीमध्ये ४४ जना बिरामीहरु उपचारपछि घर फर्किएका छन् भने नौ जनाको स्थानीय स्वास्थ्य संस्था लोखरममा र ६ जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विवेक प्रसाद यादवले बताउनु भयो ।

१३ जनाको आरडीटी परीक्षण गरिएकोमा ६ जनामा पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ । झाडापखालाका बिरामी थपिने क्रम बढ्दै गएपछि चुनौती थपिएकोले स्वास्थ्यकर्मी, स्थानीय स्वयंसेवक र संस्थाहरूको सहयोगमा गाउँपालिकाले उपचार तथा सरसफाइ अभियानलाई तीव्र पारेको प्रमुख यादवले बताउनु भयो ।

नविन यादव

अन्य

भिडियो