INSEC Online

📅 २०८३ जेष्ठ २१

प्यूठान कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु

जिल्ला कारागारमा कैद सजाय भोगिरहेका स्वर्गद्वारी नपा– ३ का ७२ वर्षीय खगिराम रामजालीको जेठ २८ गते उपचारको क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

०७२ साउन १७ गते देखि कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय भोगिरहेका रामजालीको एक्कासी मुटुमा समस्या देखिएपछि उपचारकालागि जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको कारागारका प्रमुख सुर्यबहादुर पन्तले बताउनु भयो । उहाँका अनुसार मृतकमा पुरानो रोग नभएको र सामान्य आँखा नदेख्ने समस्या रहेको थियो ।

शवको पोष्टमार्टम जेठ २९ गते  जिल्ला अस्पताल, बिजुवारमा गरिएको  प्रहरीले जानायो ।

अन्य

भिडियो