जिल्ला कारागारमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षकालागि थुनामा रहेका यशोधरा गाउँपालिका–७ इटवाका ५४ वर्षीय राम अधिन कहारको जेठ २४ गते मृत्यु भएको छ ।
बिहान १० बजे खाना खाएर सुतेका कहार अचेत अवस्थामा देखेपछि थुनुवाहरूले खबर गरेपछि उपचारकालागि जिल्ला अस्पताल पुर्याएको केही समयपछि अस्पतालले मृत घोषण गरेको जेलर राकेश पाण्डेले बताउनु भयो ।
कहारलाई जिल्ला अदालतले ०७६ साउन २ गते पुर्पक्षकालागि थुनामा पठाएको थियो । शव पोष्टमार्टमकालागि जिल्ला अस्पतालमा पठाइएको कारागारले जनाएको छ ।