हरिपुर नगरपालिका–२ का २७ वर्षीय सतेन्द्र कुमार पासवानमाथि जातीय विभेद गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय विरेन्द्र कुमार महतोविरुद्ध पीडित पक्षले ०८२ कात्तिक १८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएका छन् ।
आरोपित महतोले हरिपुर नगरपालिका–३ स्थिा शिव मन्दिरमा पुजा पाठ गर्नका लागि कात्तिक १५ गते गएको अवस्थामा ‘तल्लो जात’को भएर यहाँ किन आएको भन्दै मन्दिर भित्रमा प्रवेश नगर्न धम्की दिनुका साथै कुटपिट समेत गरेको पीडितले आरोप लगाएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १९ गते जिल्ला अस्पताल मलंगवामा गरिएको अस्पतालका मेसु मनोज कुमार यादवले बताउनु भयो ।
उजुरी पश्चात आरोपित महतो फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका ईन्स्पेक्टर शिव कटेलले जानकारी दिनु भयो ।