INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहार घटनाका आरोपित गिरफ्तार

बारेकोट गाउँपालिका–७ का ३४ वर्षीय यामबहादुर सिंहलाई ०८२ मङ्सिर २ गते राती सोही गाउँपालिका-६ का ३२ वर्षीय टेकेन्द्र नेपालीले गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

आरोपित नेपालीले बारेकोट गाउँपालिका–६ कार्कीज्युलामा परम्परागत रुपमा लाग्ने मेलाबाट घर फर्किने क्रममा सिंहलाई गोली प्रहारबाट घाइते बनाएका थिए । घाइते सिंहलाई स्थानीयले उपचारके लागि जाजरकोट अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सोही राति नै थप उपचारका लागि नेपालगञ्ज न्यूरो अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधिनकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालीले पेस्तोल चलाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

 बासुदेव शर्मा

अन्य

भिडियो