INSEC Online

📅 २०८३ जेष्ठ २१

उपल्लो डोल्पाका तीन पालिकामा खाद्यान्न अभाव

उपल्लो डोल्पास्थित तीन ओटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या भएको छ । तीन पालिका स्थित धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रमा खाद्यान्न अभाव भएको हो ।

गत आर्थिक वर्षमा बाँडिएको चामल सकिएपछि नयाँ चामलका लागि ठेक्का नलागेकाले खाद्यान्न अभाव भएको डोल्पाका शाखाका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । व्यापार कम्पनीले प्रतिकिलो २५ रुपियाँ चामललाई दुई हजार २ सय १९ मा बिक्री गर्ने जनाउँदै बाहिरबाट खरिद गर्दा चार हजार पाँच सयसम्म पर्ने गरेको छ । दशैं र तिहार नजिकिदै गर्दा खाद्यान्न अभाव भएपनि स्थानीयहरु चिन्तित बनेका छन् । मंसिर भित्र खाद्यान्न ढुवानी नभए उपल्लो डोल्पामा ठूलो खाद्य संकट निम्तिने शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनु भयो ।

हिँउदयाममा हिमपात हुने भएकाले असोजको अन्तिम सातासम्ममा चामल ढुवानी हुनुपर्नेमा उहाँको भनाई छ ।

उपल्लो डोल्पामा शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका पर्दछन् । चीनसँग सिमाना जोडिएका यी पालिकामा खाद्यान्न ढुवानी गर्न समस्या हुँदै आएको छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो