INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी कार्याकर्ताको आक्रमणबाट २१ जना कांग्रेस कार्यकर्ता घाइते

नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा ०७९ वैशाख २८ गते राती नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट २१ जना नेपाली कांग्रेस कार्याकर्ता घाइते भएका छन् ।

मौन अवधीमा माओवादी कार्यकर्ताहरूले आफ्ना कार्यकर्तालाई धम्की दिएको भन्ने सूचना पाएर आफ्नो कार्यकर्ता भेट्न गएका बेला बाटोमाथि लुकेर बसेका माओवादी कार्यकर्ताहरूले आक्रमण गरेको नेपाली कांग्रेसका घाइते कार्यकर्ता विष्णु नेपालीले बताउनुभयो ।

माओवादी आक्रमणमा नेपाली कांग्रेस वडा अध्यक्ष उम्मेदवार ४३ वर्षीय भुपेन्द्रकुमार श्रेष्ठ, कांग्रेस कार्यकर्ताहरू ४२ वर्षीय तेज कुमार श्रेष्ठ, २८ वर्षीय कविराज श्रेष्ठ, ३० वर्षीय प्रकाश श्रेष्ठ, ४० वर्षीय हरिबहादुर श्रेष्ठ, ३९ वर्षीय बाबुराम श्रेष्ठ, ४० वर्षीय राजकुमार उपरकोटी, ३५ वर्षीय विष्णुकुमार नेपाली, रहेका छन् ।

PhotoDhading207900129Bhupendra shrestha

यसैगरी अन्य घाइतेहरूमा सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णुकुमार श्रेष्ठ, धनबहादुर नेपाली, रामहरी मगराती, राजकुमार श्रेष्ठ, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना,  विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, लगायत घाइते भएकोले सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरू सबै नीलकण्ठ नगरपालिका –६ निवासी हुन् । घाइतेमध्ये वडा अध्यक्ष उम्मेदवार भुपेन्द्रको अनुहार र आँखामा गम्भीर चोट लागेको छ । विष्णु नेपालीको टाउँकोमा गम्भीर चोट छ ।

घाइतेमध्ये गम्भीर स्वास्थ्य अवस्था भएका भुपेन्द्रश्रेष्ठ, विष्णु नेपाली र राजकुमार श्रेष्ठलाई काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।

आक्रमणमा सम्लग्न भएको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता कृष्णकुमार श्रेष्ठ, अनिलकुमार श्रेष्ठ र सुरेन्द्र शाहीलाई गिरफ्तार गरेको छ । उनीहरूले आफूहरू घटनामा सम्लग्न नभएको बताएका छन् ।

नेकपा माओवाद केन्द्रलले भने आफ्ना कार्यकर्ता अनिल श्रेष्ठ र विष्णु राना घाइते भएको जनाएको छ । तर उनीहरूको कहाँ छन् भन्ने बारे खुलाएको छैन ।

मौन  अवधीको समयमा दुवै पक्ष निर्वाचन प्रचार प्रसार गर्दै हिँडेका थिए ।

निलकण्ठ नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरिएको छ । नीलकण्ठ नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार रहेका छन् ।

तर गठबन्दनमा संलग्न दलहरूले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन् ।

घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले घाइतेहरूको उपचार गर्ने र आरोपितहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ । उहाँले धादिङ अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेहरूलाई भेटेपछि उक्त कुरा बताउनु भएको हो ।

Photo3Dhading20790129 Photo2Dhading20790129 Photo1Dhading20790129

अन्य

भिडियो