कार्यालय सहयोगी ४५ वर्षीय पतिराम चौधरीले आफुलाई घोराही उपमानपा–४ का वडा अध्यक्ष ५२ वर्षीय भीमबहादुर सार्कीले कार्यालयमै कुटपिट गरेको भन्दै फागुन २३ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ ।
पीडितले फागुन २२ गते आफूलाई कार्यालयमै कुटपिट गरेको बताउनु भएको छ । उहाँले विना कारण गालीगलौज गर्दै तर्साउने गरेको बताउदै न्यायकालागि उजुरी दिएके बताउनु भयो । वडा अध्यक्ष सार्कीले टोल बिकास संस्थाका अध्यक्षहरूलाई बैठककालागि खवर गर्न गरेको आग्रह नमानेपछि आवेगमा सामान्य घटना भएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले फागुन २६ गते दुवै पक्षलाई छलफलकालागि बोलाइएको बताउनु भयो ।
कार्यालय सहयोगीमाथि कुटपिट भएको भन्दै कार्यालय सहयोगीका आफन्त तथा स्थानीयहरूले फागुन २३ गते वडा कार्यालयमा तालावन्दी गरेका छन् । कार्यालयमा ताला बन्दी भएपछि सेवा प्रभावित भएको छ ।