जनकपुरधाम उपहानगरपालिका–२० रुपैठामा दुई समुदाय बिच ०८२ असोज १७ गतेदेखि भएको झडपको सूचना सङ्कलन गर्न असोज १९ गते गएका कमला नगरपालिका–२ निवासी नयाँ आशा एफएमका पत्रकार ३६ वर्षीय पुरुषोत्तम यादव र धनुषाधाम नगरपालिका–६ निवासी रेडियो मिथिलाका पत्रकार २५ वर्षीय धीरेन्द्रकुमार यादवलाई प्रहरीले कुटपिट गरेको छ ।
प्रहरीको कुटपिटबाट पत्रकार धीरेन्द्रकुमार यादवको छाती, हात र ढाँडमा चोट लागेको छ भने पुरुषोत्तम यादवको टाउकोमा चोट लागेको छ । घाइते उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भएको छ । प्रहरीले पत्रकार पुरुषोतम यादवको एक थान मोबाइल नियन्त्रणमा लिएकोमा असोज २० गते फिर्ता दिएको पीडितले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले यस घटनाबारे बुझ्ने प्रयास भइरहेको बताउनु भएको छ ।
सन्तोष कुमार यादव