INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकमाथि खुकुरी प्रहार

सिलिचोङ गाउँपालिका–४ माङ्तेवास्थित जीवन ज्योती माध्यमिक विद्यालयका शिक्षक  राजेन्द्र राईमाथि ०८२ असोज १६ गते खुकुरी प्रहार भएको छ ।

मादक पदार्थ सेवन गरेका सोही ठाउँका अन्दाजी २४ वर्षीय सुरेन्द्र राई र १७ वर्षीय बालकले शिक्षकमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यायका इन्सपेक्टर  रामकुमार लामिछानेले बताउनु भयो ।

खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते शिक्षक राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि असोज १७ गते विराटनगर स्थित न्यूरो अस्पताल पठाइएको इन्सपेक्टर लामिछानेले बताउनु भयो ।

खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई गिरफ्तार गरी  अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकमा खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्दछ ।

मानव अधिकार रक्षक सम्बन्धी घोषणापत्र सन् १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ।

भविन कार्की 

अन्य

भिडियो