जेनजी आन्दोलनको क्रममा भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल काठमाडाैँबाट भागेका कैदी ३७ वर्षीय दीपक कुमार महरा मंसिर २३ गते वीरगन्जबाट गिरफ्तार भएका छन् । वीरगंज महानगरपालिका– ८ स्थित आफ्नै घरमा लुकिछिपी बस्दै आएका महरालाई गिरफ्तार गरिएको प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतले बताउनु भयो ।
पर्सा जिल्ला अदालतले ज्यान सम्बन्धी कसुरमा २५ वर्ष कैद तोकेका महरा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए ।