गत भदौमा भएको आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ ढकालवारीका ६० वर्षीय गुमानसिंह परियारलाई प्रहरीले ०८२ मङ्सिर २ गते बागलुङबाट गिरफ्तार गरेको छ ।
परियार कर्तव्य ज्यान मुद्दामा कास्की कारागारमा कैद भुक्तानी गरिरहेका थिए । परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
परियारलाई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।