INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु कारगारबाट भागेका १ सय ३२ कैदीबन्दी अझै फरार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कपिलवस्तु कारागारबाट भागेका १ सय ३२ कैदीबन्दी अझै फरार रहेका छन् ।

कारागार प्रशासनले असोज १२ गतेदेखि २० गतेसम्म आफै हाजिर हुन आउनका लागि सूचना जारी गरेको भएपनि अहिलेसम्म १ सय ३२ जना कैदीबन्दीहरु फरार रहेको कारागारका सूचना अधिकारी रेशमलाल भुसालले बताउनुभयो ।

कारागार प्रशासनका अनुसार अहिले कपिलवस्तु कारागारमा ३ सय ३४ जना कैदीबन्दीहरु रहेका छन् । जसमध्ये २ सय ३७ जना कैदी र ९७ जना बन्दीहरु रहेका छन् ।

रीमा बि.सी

अन्य

भिडियो