INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का र नक्खु कारागारबाट फरार दुई कैदी सप्तरीबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी २३ वर्र्षीय विजय खड्कालाई ०८२ कात्तिक १२ गते सप्तरी प्रहरीले कञ्चनरुप नगरपालिका–३ बरमझियाबाट र ललितपुरको नख्खु कारागारबाट भागेका कैदी ३५ वर्षीय मनोज पासवानलाई सोही दिन कञ्चनरुप नगरपालिका–१० बदगामाबाट गिरफ्तार गरेको छ । खड्कालाई लागूऔषध मुद्दामा ५ वर्ष ६ महिनाको कैद सजाय तोकिएकोमा ९ महिना कैद भुक्तान गरिसकेको र पासवान शरीर अङ्गभङ्ग मुद्दामा पुर्पक्षका क्रममा दुई वर्ष कैद भुक्तान गरिसकेका कैदी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर विष्टले बताउनु भयो ।

नविन यादव

अन्य

भिडियो