INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुली कारागारबाट भागेका १ सय ४३ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २५ गते सिन्धुली कारागार तोडेर भागेका ४ सय ७१ कैदी र थुनुवा मध्ये १ सय ४३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार कारागारबाट भागेका मध्ये १ सय २९ जना कैदी र थुनुवाहरू आफैँ कारागार फर्किएका छन् ।

त्यस्तै १ सय ९९ जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएका प्रहरी मार्फत गिरफ्तार गरेर सिन्धुली कारागारमा पठाइएको छ ।

यसैबिच सिन्धुली प्रहरीले अन्य विभिन्न कारागारबाट भागेका २३ जना कैदीबन्दीलाई समेत गिरफ्तार गरेको छ ।

जसमा जगन्नाथदेवल कारागारका १२ , नख्खु कारागारका चार , झुम्का कारागारका तीन, जलेश्वर कारागारका दुई, भीमफेदी कारागारका एक र भक्तपुर बाल सुधार गृहका एक जना रहेका छन् ।

भागेका कैदीबन्दीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

नवराज पथिक

अन्य

भिडियो