गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाडौँबाट फरार भएका कैदीलाई प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–६ बेसिटोलबाट गिरफ्तार गरेको छ । जबर्जस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका–१६ का २९ वर्षीय नीरज तामाङलाई प्रहरी प्रभाग खरिपाटीको टोलीले गिरफ्तार गरी ०८२ असोज ५ गते जगन्नाथदेवाल कारागार, काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताउनु भयाे ।
रासस